शुक्रबार, १४ वैशाख २०८१

तपार्इको गरीबिको कारण हुनसक्छ धाराबाट चुहिने पानी,के भन्छ शास्त्र ?

समयपोष्ट २०७४ जेठ २१ गते ८:११

पानी बिना जीवन सम्भव छैन । यसकारण पानीको दुरुपयोग गर्नुहुँदैन भन्ने कुरा त सबैलाई थाहानै छ । तर धर्म शास्त्र अनुसार जुन घरमा पानीको दुरुपयोग हुँने गर्छ त्यहा सदैव धनको अभाव हुन्छ भन्ने कुरा कतिपयलाई थाहा नहुँन पनि सक्छ । शास्त्रको अनुसार पानीको दुरुपयोग हुँने घरमा लक्ष्मीको बास नहुँने उल्लेख गरिएको छ । 
त्यसैगरी वास्तु शास्त्रका अनुसार जुन घरको धाराबाट पानी चुहिरहन्छ त्यस घरमा सदैव धनको अभाव हुँने बताईन्छ । धाराबाट तपतप पानी चुहिदा निश्किने आवाजले त्यस घरको आभा मण्डललाई प्रभावित गर्ने हुँदा घरको धाराबाट पानी चुहिएको छ कि छैन ख्याल गर्नुपर्छ ।   

Advertisement

प्राय मानिसहरु रातको समयमा नुहाउँने गर्दछन् तर शास्त्रमा रातमा नुहाउँन वर्जित गरिएको छ । ग्रहण लागेको दिनमा मात्र रातमा नुहाउँदा उचित हुँने शास्त्रमा उल्लेख छ । शास्त्रको अनुसार रातको समय नुहाउँनु भनेको पानीको दुरुपयोग गर्नु समान हो । रातको समयमा नुहाउँदा लक्ष्मी रिसाउँछिन् । 

यसैगरी शास्त्रमा अञ्जुलीले पानी खान नहुँने समेत उल्लेख छ ।अञ्जुलीले पानी खाँदा पानी ज्यादा खेरा जान्छ । यो विषयमा शास्त्रमा वर्णन भएको कथा यस्तो छ :समुन्द्र मन्थनको समयमा लक्ष्मी भन्दा पहिले उनकी दिदी अलक्ष्मी अर्थात दरिद्रता उत्पन्न भएकी थिईन् । उनको वासस्थानको ब्यवस्था गर्ने समयमा ऋषि लोमषले उनलाई भनेका थिए 'तिम्रो र तिम्रो पति अधर्मको वासस्थान त्यहाँ हुँनेछ जहाँ पानीको दुरुपयोग ज्यादा हुँने गर्दछ '। सोही समयबाट दरिद्रता उनकी पति अधर्मसंग पानीको दुरुपयोग हुँने घरमा बस्ने गरेको उल्लेख छ । 

यस्तै गितामा उल्लेख एक कथन अनुसार जब गोपिनीहरु नि:वस्त्र भएर यमुना नुहाईरहेका हुन्छन् सो समय कृष्णले गोपिनीहरुलाई भनेका छन् तिमीहरु नि:वस्त्र भएर यमुनामा नुहाउँदा तिमीहरुले यमुना जि र वरुण देवताको अपमान गरेका छौ यसकारण क्षमा माग । 
जहा संग्रहीत पानी हुँनेगर्छ त्यहाँ वरुण देवताको वास हुँनेगर्छ । उक्त पानीलाई दुषित बनाउँनेहरु सदै धनको अभावमा जिउँने गर्छन् । 

त्यस्तै स्कंदपुराणका अनुसार जसले नदी ,तलाउ,कुवा जस्ता ठाउँमा मल मुत्र फ्याक्छ,थुक्छ,फोहोर गर्छ उसलाई ब्रह्महत्याको पाप लाग्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री