शनिबार, ८ वैशाख २०८१

सानिमाको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

समयपोष्ट २०७४ जेठ २१ गते ५:४६

सानिमा बैंकले निश्कासन गरेको ३० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आईतबार अन्तिम मिति  हो ।  बैंकले  बैशाख १७ गतेदेखि  एक सय रुपैयाँ अंकित दरको एक करोड ५९ लाख १७ हजार छ सय १७ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो  । 

Advertisement

बैंकको हकप्रद निष्काशन तथा  विक्री प्रबन्धक सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ ।   हकप्रदमा  चेत्र १७ गतेसम्म कायम बैंकका सेयरधनीले आवेदन दिनसक्नेछन् । 

आवेदकले सिबिआईएल क्यापिटल लिमिटेड, सानिमा क्यापिटल तथा सानिमा बैंकको केन्द्रीय कार्यालयबाट हकप्रदमा आवेदन दिन सक्नेछन् । 

३० प्रतिशत हकप्रद बिक्री पश्च्यात बैंकको चुक्ता पुँजी ६ अर्ब ८६ करोड रुपैयाँ पुग्नेछ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री