शुक्रबार, ७ वैशाख २०८१

 मारवाडी चेली निकितालाई मिस नेपालको ताज, को हुन निकिता ?

समयपोष्ट २०७४ जेठ २० गते ९:३६

यस वर्षको मिस नेपालको ताज  मारवाडी चेलीको शीरमा पुगेको छ । शुक्रबार राति दरबार मार्गस्थित होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा  सहभागी १९ जना युवतीलाई पछि पार्दै मोरङ उर्लाबारीकी २० वर्षीया मारवाडी चेली  निकिता चन्दक मिस नेपाल २०१७ भएकी हुन् ।

Advertisement

उनलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्याइदिइन् । निकिताले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् । मिस कन्फिडेन्ट र पब्लिक च्वाइस अवार्ड पनि जितेकी थिइन्।

miss 1
मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेसनल नीति शाह र मिस एसिया प्यासिफिक इन्टरनेसनल सहारा बस्नेत घोषित भए। मिस नेपाल इन्टरनेसनल नीति शाहले भने मिस फ्यासिनो र मिस कम्प्लेक्सनको उपाधि प्राप्त गरिन्।

त्यस्तै मिस नेपाल अर्थ रोजिनाले मिस फ्रेन्डसिप र मिस एसिया प्यासिफिक इन्टरनेसनल सहाराले मिस इन्टेलेक्चुअल उपाधि जितिन्।  प्रतियोगितामा १९ प्रतियोगीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा मिस टयालेन्ट टाइटल नर्मता गुरुङ, मिस बेस्ट हेयर वर्षा पोखरेल, मिस फोटोजेनिक अनुषा लम्साल, मिस एथलेट मञ्जरी सिंह र मिस ब्युटी विथ पर्पोस दृष्टि कटवालले जिते। प्रतियोगिताको आयोजना द हिडन ट्रेजरले गरेको थियो। यो मिस नेपालको २२ औं संस्करण हो।

को हुन निकिता ?

nikeeta
नेवारको बर्चश्व तोड्दै मिस नेपालको ताज पहिरेकी निकिताले भारतको राजस्थानबाट १२ कक्षाको अध्ययन पूरा गरिन् । त्यसअघि उनी उर्लाबारीको मोरङ मोडल र पशुपति आवासीय माविमा पढ्थिन् । उनले बैंग्लोरस्थित जेडी इन्ष्टिच्युट अफ फेसन टेक्नोलोजीमा ग्राजुएसन गर्दै फेशन शोहरुमा सहभागी भइन् । उनले पुणे फेसन विक-२०१६, केरला फेसन विक २०१६, द विडिङ हाउस शो जस्ता फेशन शोहरुमा र्‍याम्प नापेकी छिन् । अनिल र सुष्मा चण्डककी छोरी उनी अभिनय र गायनमा सानैदेखि लगाव राख्ने गरेको बताइन्छ । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री