शनिबार, १५ वैशाख २०८१

एभरेष्ट बैंक र वेस्ट रेमिटबीच रेमिट्यान्स सहकार्य

समयपोष्ट २०७४ जेठ १९ गते ९:५६

एभरेष्ट बैंक लिमिटेड र वेस्ट रेमिटबिच एभरेष्ट रेमिटमार्फत आएको रकम भुक्तानी गर्ने सम्झौता भएको छ । हाल भने बैंकले आफ्नै अनलाइन रेमिट्यान्स सेवा एभरेष्ट रेमिटमार्फत सेवा प्रदान गरिरहेको छ ।
सुरुमा यो सुविधा यूएई, कतार, बहराइन, ओमन, मलेसिया, बेलायत, अमेरिका, जापान र कोरियामा कार्यरत नेपालीकालागि उपलब्ध गराएको र आगामी दिनमा अन्य देशमा पनि बिस्तार गरिने बैंकले जनाएको छ । इनवर्ड रेमिट्यान्स तथा वैदेशिक व्यापार सहज बनाउनलाई बैंकले विभिन्न देशका बैंक÷एजेन्सीहरुसँग सहकार्य गर्दै आएको छ ।
 इजी रेमिट, एक्सप्रेस मनि ट्रान्सफर, मनिग्राम, वेस्टर्न यूनियन मनि ट्रान्सफर, तथा क्यास एक्सप्रेससँग तत्काल रकम भुक्तानीका लागि यस अघि नै सम्झौता गरिसकेको जनाएको छ । यसपछि बैंकलाई विश्वभरबाट आउने रेमिट्यान्स रकम भित्र्याउन सहज भएको जनाएको छ ।
बैंकले आफ्नो पन्जाब नेशनल बैंकको ‘इनरेमिट’ मार्फत भारतबाट पनि रेमिट्यान्स भित्र्याउँदै आएको छ । यस सुविधामा ग्राहकले पन्जाब नेशनल बैंकका शाखाहरु, पन्जाब नेशनल बैंकको मोबाइल वा इन्टरनेट बैंकिंग सुविधा तथा व्यवसायीक प्रतिनिधिहरु मार्फत एभरेष्ट बैंकमा सिधै रकम पठाउन सक्छन् ।
बैंकले हाल आफ्ना ६० वटा शाखा, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८८ एटीएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, एभरेष्ट बैंक भारतमा आफ्नै प्रतिनिधि कार्यालय भएको पहिलो नेपाली बैंक हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री