अस्ट्रेलियामाथि अमेरिकाको शानदार जित, ९६ वर्षपछि लगातार दुई खेल जित्दै रच्यो इतिहास

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा अमेरिकाले अस्ट्रेलियालाई २–० गोल अन्तरले पराजित गरेको छ।

Advertisement

सिएटल स्टेडियममा शनिबार सम्पन्न खेलमा ऐतिहासिक जित निकाल्दै अमेरिका प्रतियोगिताको अन्तिम ३२ अर्थात् नकआउट चरणमा प्रवेश गर्यो।

यस जितसँगै अमेरिकाले सन् १९३० मा भएको पहिलो विश्वकपपछि पहिलो पटक लगातार दुई खेल जित्ने ९६ वर्ष पुरानो ऐतिहासिक रेकर्ड बनाएको छ। समूह चरणको पहिलो खेलमा पाराग्वेलाई पराजित गरेको अमेरिकाले लगातार दोस्रो जित दर्ता गरेसँगै ६ अंकका साथ अघिल्लो चरणको यात्रा तय गर्यो।

खेलको ११औँ मिनेटमा अस्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गरेपछि अमेरिकाले पहिलो अग्रता लिएको थियो। जारी विश्वकप प्रतियोगितामा यो सातौँ आत्मघाती गोलको रूपमा दर्ता भयो।

पहिलो हाफको खेल सकिन लाग्दा ४३औँ मिनेटमा अमेरिकाका लागि एलेक्स फ्रीम्यानले दोस्रो गोल थपे। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि अमेरिकाले खेल आफ्नो पक्षमा पार्दै जित सुनिश्चित गर्यो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री