सोमबार, १६ असार २०८२

रुपन्देही क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने

समयपोष्ट २०८२ असार १६ गते १५:२०

Advertisement

निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा रिक्त प्रतिनिधि सभा सदस्य पदका लागि आगामी कार्तिक १७ गते सोमवार उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

सोमवार बसेको निर्वाचन आयोगको बैठकले यो निर्णय गरेको हो। २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित दीपक बोहराको गत चैत्र १९ गते निधन भएपछि उक्त पद रिक्त रहेको थियो।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, “प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को उपदफा ६८ बमोजिम रुपन्देही क्षेत्र नम्बर ३ मा रिक्त भएको प्रतिनिधि सभा सदस्य पदका लागि २०८२ कार्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय भएको छ।”

उक्त ऐनअनुसार रिक्त पदमा उपनिर्वाचन गराउनुपर्ने व्यवस्था रहेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री