सोमबार, १६ असार २०८२

कर्णाली राजमार्ग अवरुद्ध, सयौँ यात्रुहरू बाटोमै अलपत्र

समयपोष्ट २०८२ असार १६ गते १०:१८

Advertisement

लगातारको अविरल वर्षाका कारण कर्णाली राजमार्गको कालिकोट खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा यातायात सेवा ठप्प हुँदा सयौँ यात्रुहरू बाटोमै अलपत्र परेका छन्।

जिल्ला प्रहरी कार्यालय, कालिकोटका अनुसार आइतबार रातिदेखिको वर्षाले राजमार्गको दहीखोला देखि हुल्म बजारसम्मका विभिन्न ठाउँमा ढुङ्गा र पहिरो खसेको छ। यसले कालिकोट भित्रिने र बाहिरिने सवारी साधनहरू पूर्ण रूपमा रोकिएका छन्।

राजमार्ग अवरुद्ध भएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट, हुल्मबाट प्रहरी सहायक निरीक्षक विनोद बुढाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा पहिरो हटाएर राजमार्ग सुचारु गर्ने प्रयास भइरहेको छ।

लगातार वर्षा र ठाउँ-ठाउँमा खसेको पहिरोका कारण सडक खुलाउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री