यस्तो छ प्रधानमन्त्रीको स्पेन भ्रमणको कार्यतालिका
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ (एफएफडी–४) मा सहभागी हुन आज स्पेन प्रस्थान गर्दै छन्। स्पेनको सेभिया शहरमा आयोजना हुने यो सम्मेलनमा विश्वका सरकार प्रमुख, वित्तीय र व्यापारिक संस्था, नागरिक समाज, र संयुक्त राष्ट्र प्रणालीका प्रतिनिधिहरू सहभागी हुनेछन्। नेपालले अल्पविकसित, साना, र टापु मुलुकहरूको प्रतिनिधित्व गर्दै सम्मेलनमा महत्वपूर्ण भूमिका खेल्नेछ।
राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको निमन्त्रणमा प्रधानमन्त्री ओलीले यो भ्रमण गर्न लागेका हुन्। सम्मेलनमा सम्पन्न मुलुकहरूले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयन र जलवायु वित्तीय व्यवस्थाबारे छलफल हुनेछ।
प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुका साथै स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका प्रधानमन्त्री सान्चेजसँग द्विपक्षीय वार्ता गर्नेछन्। साथै, इजिप्ट, पोर्चुगल, र एस्टोनियाका सरकार प्रमुखहरूसँग ‘साइडलाइन’ भेटघाटको कार्यक्रम तय भएको छ।
भ्रमण तालिका
प्रधानमन्त्री ओलीको नेतृत्वमा २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डल असार १४ गते साँझ ६ बजे कतार एयरवेजमार्फत दोहा हुँदै म्याड्रिड प्रस्थान गर्नेछ। असार १५ गते सेभिया पुगेर विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।
असार १५ गते
नागरिक समाजको प्लेनरी समापन सत्रमा सम्बोधन
स्पेनका प्रधानमन्त्री सान्चेजसँग द्विपक्षीय बैठक
स्पेनका राजाद्वारा आयोजित रात्रिभोजमा सहभागिता
असार १६ गते
सम्मेलनको उद्घाटन सत्रमा सहभागिता
गेट्स फाउन्डेशनको ‘विकास सहयोगको भविष्य’ कार्यक्रममा सम्बोधन
एस्टोनियाका राष्ट्रपतिसँग द्विपक्षीय बैठक
अल्पविकसित मुलुकहरूको तर्फबाट सम्मेलनमा सम्बोधन
इजिप्ट, पोर्चुगल, र संयुक्त राष्ट्रसङ्घका महासचिवसँग द्विपक्षीय बैठक
स्पेनका प्रधानमन्त्रीद्वारा आयोजित रात्रिभोज
असार १७ गते
अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता र सम्बोधन
स्पेनका प्रधानमन्त्रीद्वारा आयोजित ‘वैश्विक ऐक्यबद्धता’ साइड–इभेन्टमा सम्बोधन
नेपाल, बंगलादेश, लाओ, र यूएनआरसीद्वारा आयोजित जलवायु वित्तसम्बन्धी साइड–इभेन्टमा सम्बोधन
नेपाल र बुरुण्डीको सहआयोजनामा पानी र सरसफाइ वित्तसम्बन्धी कार्यक्रममा सम्बोधन
अन्तर्राष्ट्रिय विकास सहयोग पुनर्जनन राउण्ड टेबलमा सम्बोधन
नेपाली राजदूतद्वारा आयोजित रात्रिभोज
असार १८ गते
सेभियाबाट म्याड्रिड फिर्ता
नेपाल–स्पेन व्यापार तथा लगानी प्रवर्द्धन साँझमा सम्बोधन
असार १९ गते
रियल म्याड्रिड फुटबल क्लबका अधिकारीहरूसँग भेट र सान्टियागो बर्नाबाउ रङ्गशाला अवलोकन
नेपाली दूतावास र महत्वपूर्ण स्थानहरूको अवलोकन
स्पेनमा रहेका नेपाली समुदायसँग भेटघाट
राति १०:४५ बजे दोहा प्रस्थान
प्रधानमन्त्री ओली असार २० गते दिउँसो ४:४५ बजे काठमाडौं फर्कने तालिका छ।
संसदलाई जानकारी
प्रधानमन्त्री ओलीले शनिबार संसदलाई आफ्नो भ्रमणबारे जानकारी गराएका छन्। उनले यो सम्मेलनले अल्पविकसित मुलुकहरूको विकासका लागि वित्तीय सहायता र लगानीको प्रतिबद्धता कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
प्रतिक्रिया