पतञ्जली जग्गा हिनामिना प्रकरण: माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश
समयपोष्ट
२०८२ असार ११ गते २१:३४
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई बुधबार ३५ लख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको छ ।
न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्ने निर्णय गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते यो प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतको म्याद तामेलीपछि नेपाल बुधबार बिहान स्वयं अदालतमा उपस्थित भएका थिए ।
प्रतिक्रिया