बुधबार, ४ असार २०८२

रविन्द्र मिश्र तीन लाख धरौटीमा रिहा

समयपोष्ट २०८२ असार ३ गते १९:५६

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रविन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

तीनकुने घटनामा प्रतिवादी बनाइएका मिश्र मङ्गलबार बिहान आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए। अदालतमा उपस्थित भएपछि आजै उनको बयान लिइयो र थुनछेक बहस सम्पन्न भयो।

मिश्रको तर्फबाट वरिष्ठ अधिवक्ताहरू गोविन्द बन्दी, भीमार्जुन आचार्य, राजु बस्नेत र सतीशकृष्ण खरेलले बहस गरेका थिए। सरकारी पक्षबाट आठ जना कानुन व्यवसायीले मिश्रविरुद्ध बहस प्रस्तुत गरेका थिए।

न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। मिश्रका लागि धरौटी रकम उनकी श्रीमती सारिका कार्कीले बुझाएकी हुन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री