सुनको मूल्य फेरि बढ्यो, चाँदी स्थिर
समयपोष्ट
२०८२ असार १ गते ११:०१
सुनको मूल्यमा आइतबार पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९७ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार बढेर तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको हो।
महासंघका अनुसार प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६९ हजार ३२५ रुपैयाँ कायम भएको छ।
यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा स्थिर रहेको महासंघले जनाएको छ।
प्रतिक्रिया