केदारनाथ धाममा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
समयपोष्ट
२०८२ असार १ गते ८:३३
भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएकाे छ।
गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना भएको हो। दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको रहेको थियो । हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो।
दुर्घटनामा हेलिकप्टरमा सवार सबै ५ जनाको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा एक बच्चा पनि छन्।
खराब मौसमका कारण दुर्घटना भएको हो। उद्धारकर्ता र प्रहरी टोलीसँगै घटनास्थल पुगेका छन्।
प्रतिक्रिया