सोमबार, १९ जेठ २०८२

सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन, सार्वजनिक यातायात बन्द यथावत्

समयपोष्ट २०८२ जेठ १९ गते २०:४४


गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ सञ्चालनसम्बन्धी नियमावलीको खारेजीको मागसहित आन्दोलनमा उत्रिएका यातायात व्यवसायी र सरकारबिचको वार्ता निष्कर्षविहीन बनेको छ।

Advertisement

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा रहेको सरकारी वार्ता टोली र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबिच आइतबार बिहानदेखि सुरु भएको वार्ता विनानिष्कर्ष टुंगिएको हो ।

महासंघका महासचिव भरतराज नेपालका अनुसार गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली संघीय ऐन नआउँदासम्मका लागि स्थगित गर्नुपर्ने मुख्य मागमा सरकार सहमत नभएपछि वार्ता विफल भएको हो। ‘सरकारी पक्षले नियमावली स्थगित गर्ने अधिकार आफूहरुसँग नभएको भन्दै माथिल्लो निकायबाट पहल गर्नुपर्ने बताएपछि वार्ता रोकिएको हो,’ महासचिव नेपालले बताए। वार्ता निष्कर्षविहीन भएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित छ।

यससंगै मंगलबार पनि देशभर सार्वजनिक यातायातका साधन नचल्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री