राजधानीबाट बाहिरने तयारी गर्दै पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाह जन्मोत्सव नजिकिदै गर्दा राजधानीबाट बाहिरने तयारी गर्दै छन् । शाह निजी भ्रमणका लागि आउँदो साता नेपालगञ्ज जाने तयारीमा रहेको निजी सचिवालयद्वारा बुधबार बिहान जारी सूचनामा उल्लेख छ । शाहसंग पत्नी कोमल पनिसंगै जाने कार्यक्रम रहेको छ ।

शाहले असार २३ गते नेपालगञ्जमै जन्मोत्सव मनाउँने तयारी गरेको बुझिएको छ । नेपालगञ्ज बसाइँका क्रममा पूर्वराजा शाहले आफ्ना शुभेच्छुकहरूसँग भेटवार्ता गर्नेछन् । उनले स्थानीय राजनीतिक दलका नेताहरूसँग पनि भेट्ने बताईएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री