बिहीबार, १५ चैत २०८०

अब नेपालगञ्जमा सुविधासम्पन्न अस्पताल

समयपोष्ट २०७५ असार ११ गते ८:०३

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई ५, ६ नं र कर्णाली प्रदेशको नागरिकको आवश्यकताका आधारका विस्तार गरिने बताउनुभएको छ ।

Advertisement

सो अस्पतालले आजदेखि प्रारम्भ गरेको डेक्सा स्क्यान तथा बोन हेल्थ ओस्टेकोप्रोसिस क्लिनिकको उद्घाटन गर्दै उहाँले भेरी अञ्चल अस्पतालको सेवालाई थप प्रविधियुक्त र प्रभावकारी बनाउन मन्त्रालयले प्रक्रिया अघि बढाएको छ भन्नुभयो ।

“नेपालगञ्जमा एउटा ठूलो सुविधासम्पन्न अस्पताल आवश्यक रहेको बुझेर नै केन्द्रीय सरकारले आवश्यक प्रक्रिया अघि बढाएको हो”, उहाँको भनाइ थियो।

त्यस अवसरमा शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले यो अस्पतालको सेवा, सुविधालाई प्रभावकारी बनाउन समयसापेक्ष सुधार गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष डा उषा शाहको अध्यक्षतामा भएको कार्यक्रममा मेडिकल सुपरिटेन्डेण्ट डा प्रकाश थापाले अस्पतालको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री