अब पुरुष पनि नर्स
समयपोष्ट
२०७५ असार १० गते १५:२७
अब केटाले पनि नसिंग शिक्षा अध्ययन गर्न पाउँने भएका छन् । यहि शैक्षिक सत्र २०७५/७६ देखि सम्पूर्ण नर्सिंग पढाइ हुने विश्वविद्यालय, प्रतिष्ठान तथा कलेजहरुमा १५ प्रतिशत पुरुषलाई समावेश गर्ने निर्णय गरिएको नेपाल नर्सिंग परिषद्ले जनाएको छ ।
परिषद्को गत साता बसेको बैठकले लैंगिक मूलप्रवाहीकरणको राष्ट्रिय नीति अनुसार भन्दै पुरुषलाई पनि नर्सिंग शिक्षा पढ्न पढाउन आरक्षण दिने निर्णय गरेको हो ।
प्रतिक्रिया