शनिबार, १५ वैशाख २०८१

अन्डरवर्ल्ड डनसँग मिलेर ‘सट्टेबाजी धन्दा’गर्दै आएका नागराज पक्राउ

समयपोष्ट २०७५ असार १० गते १३:११

नेपालमा ‘सट्टेबाजी धन्दा’गर्दै आएका अमृत भन्ने नथमल अग्रवाल (नागराज)लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौंको पानीपोखरीबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

Advertisement

भारतमा बसेर नेपालमा सट्टेबाजको धन्दा चलाएँदै आएका नागराजको अन्डरवर्ल्ड डन दाउद ईब्राहिमसँग कनेक्सन रहेको बताइएको छ ।

नागराजले केही समयअघि भारतमा सम्पन्न आईपिएल क्रिकेटमा सट्टेबाजी गराएर २ करोड ४० लाख ठगी गरेको खुलेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

धनुषाको जनकपुर नगरपालिका–३ स्थायी घर भएका नागराजले महोत्तरी स्थायी घर भई काठमाडौं बस्ने राकेश सिंह लगायका ब्यक्तिहरुबाट आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेब्बर हुन्छ र हारेमा फिर्ता हुन्छ भन्दै २ करोड ४० लाख ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री