बुधबार, १२ वैशाख २०८१

आजबाट अनिश्चितकालीन शैक्षिक संस्था बन्द

समयपोष्ट २०७५ असार १० गते ८:३२

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले आह्वान गरेको अनिश्चितकालीन शैक्षिक संस्था बन्दले चितवनका
निजी शिक्षण संस्था प्रभावित बनेका छन् ।

Advertisement

प्रहरीले आफ्ना विद्यार्थी नेतालाई पक्राउ गरेको विरोधमा अखिल (क्रान्तिकारी) चितवनले अनिश्चितकालका लागि जिल्लाभरका शैक्षिक संस्था बन्दको आह्वान गरेका हुन् ।

विद्यार्थीको आह्वानपछि निजी शैक्षिक संस्था बन्द रहेका छन् । सामुदायिक विद्यालय भने नियमित सञ्चालनमा छन् ।

क्रान्तिकारीका जिल्ला सचिव दर्पणद्वारा जारी विज्ञप्तिमा आफ्ना जिल्ला अध्यक्ष रमेश लामिछाने र सदस्य सरोज भट्टराईलाई क्रमशः रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पस र माडी बहुमुखी क्याम्पसबाट पढिरहेको समयमा गैर न्यायिक ढंगबाट प्रहरी प्रशासनले गिरफ्तार गरेको भन्दै दुबै जनाको तत्काल रिहाइको माग गरेको छ ।

पक्राउ परेका विद्यार्थी नेता रिहाइ नभएसम्म आन्दोलन जारी रहने क्रान्तिकारीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले शिक्षण संस्थालाई नियमित सञ्चालन गर्न भनिएको बताउँदै शैक्षिक वातावरण कायम राख्न आवश्यक शान्ति सुरक्षाको प्रत्याभूति गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री