शनिबार, ३ साउन २०८२

नाडेप लघुवित्तको आईपिओ खुल्यो

समयपोष्ट २०७५ असार १० गते ५:३३

नाडेप लघुवित्त वित्तीय संस्थाले आजदेखि साधारण शेयर जारी गरेको छ । कम्पनीले चार करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता सर्वसाधारणका लागि साधारण शेयर जारी गरेको हो।

कम्पनीको साधारण शेयरमा न्युनतम २० कित्तादेखि २४०० कित्तासम्मको लागि आवदेन दिन पाइने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ । कम्पनीको प्राथमिक शेयर छिटोमा असार १४ र ढिलोमा साउन ७ गतेसम्म बिक्री खुला गर्ने छ ।

हाल नाडेपको चुक्ता पूँजी ११ करोड २० लाख रुपैयाँ रहेको छ। संस्थाले ३० प्रतिशत साधारण शेयर बिक्री गरेसँगै १६ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री