शनिबार, १५ वैशाख २०८१

टिपर आतंकः एक महिनामा ६ को मृत्यु

समयपोष्ट २०७५ असार ९ गते २:४९

पछिल्लो एक महिनामा मात्र टिपर चालकको लापरबाहीबाट काठमाडौं उपत्यकामा ६ जनाको ज्यान गएको छ ।

Advertisement

महाशाखाका प्रवक्ता सुरेन्द्र प्रसाद मैनाली भन्छन्, घाइते हुनेको संख्या झनै धेरै छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

उनका अनुसार पछिल्लो एक महिनाको अवधिमा टिपरका कारण दुर्घटना भएर गम्भीर घाइते हुनेको संख्या १० जति पुगेको छ ।

तथ्यांकअनुसार चालू आवको ११ महिनामा उपत्यकामा एक हजार २६६ वटा टिपर र ट्रक दुर्घटना भएका छन् ।

यी समेत अन्य दुर्घटनामा परी उपत्यकामा ११ महिनामा एक सय ८४ जना गम्भीर घाइते र तीन हजार तीन सय ८५ जना सामान्य घाइते भएको प्रवक्ता मैनाली बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री