शनिबार, १५ वैशाख २०८१

लज्जास्पद हारपछि अर्जेन्टिनाका समर्थकले खेलाडीलार्इ थुके

समयपोष्ट २०७५ असार ८ गते ५:२५

क्राेएसियासँग लज्जास्पद हारपछि अर्जेन्टिनाका समर्थकहरु टोलीसँग क्रुद्ध बनेका छन् । बिहीबार राति भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो । यो हारसँगै समूह डीमा रहेको अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।

Advertisement

क्रोयसियाका एन्टे रेबिकले दोस्रो हाफको ५३ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै लुका मोड्रिचले खेलको ८० औं मिनेटमा दोस्रो गोल गरेका थिए भने ९१ औं मिनेटमा इभान रयाकिटिचले तेस्रो गोल गरेका थिए ।

यतिबेला खेलपछि अर्जेन्टिनाका समर्थकहरुले थुक्दै गरेको तस्विर समेत सार्वजनिक भएको छ । उनीहरुले टनेलमा प्रवेश गर्दै गरेका खेलाडीहरुमाथि थुकेको बताइए पनि त्यो अझै पुष्टि भने हुन सकेको छैन ।

उता, क्रोएसियाबिरुद्ध कमजोर प्रदर्शन गरेका कप्तान लियोनेल मेस्सीलाई फ्यानहरुले अब फेरि सन्यास लिन सुझाव दिइरहेका छन् ।



एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री