शुक्रबार, २४ वैशाख २०७८

रणवीर-आलियाको जुहारी: एक भन्छन् ३० वर्ष नपुगि विवाह गर्दिन,अर्का भन्छन्-बच्चा चाहियो

समयपोष्ट २०७५ असार ७ गते १२:५२

बलिउडमा रणवीर कपुर र आलिया भट्टको जोडी अहिले चर्चामा छ । दुबैले प्रेम सम्बन्धलाई स्वीकार गरिसकेका छन् । अब दुबैबीच विहे कहिले हुन्छ भन्ने प्रश्नले चर्चा पाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार एक अन्तर्वार्तामा रणवीरले प्रेममा सबै कुरा राम्रो लाग्ने, खुसीको महसुस हुने र पानी पनि सर्बत जस्तो लाग्ने गरेको अनुभव सुनाए।

Advertisement

आफू अब रिलेसनसीपमा मात्रै नरोकिने भन्दै उनले आफू विहेको बारेमा सोंचिरहेको बताए। बहुप्रतिक्षित फिल्म सञ्जुको प्रमोशनमा जुटेका रणवीरले चाँडै विहे गर्ने समेत बताए।

‘म विहेमा विश्वास गर्छु, मलाई बच्चा चाँहियो, मेरी श्रीमती चाँहियो, मलाई मेरो आफ्नै परिवार चाँहियो। विश्वास छ कि मलाई यो सौभाग्य चाँडै मिल्नेछ’, रणवीरले भनेका छन्।

Advertisement

यता रणवीरसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकी आलियाले पनि आफ्नो उमेर ३० वर्ष पुगेपछि विहे गर्ने बताएकी छिन्।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री