शुक्रबार, १४ वैशाख २०८१

सामुदायिक वन पर्यटकीय क्षेत्र बन्दैछ

समयपोष्ट २०७५ असार ७ गते १०:०६

मनोज दाहाल

Advertisement

सरकारले पर्यटनका लागि वन क्षेत्रलाई महत्व दिएसँगै मोरङ जिल्लामा रहेका सामुुदायिक वनहरु पर्यटकीय स्थलको रुपमा विकास हुन थालेको छ ।
जिल्ला वन कार्यालय, स्थानीय निकाय र सामुदायिक वन समितिहरुले वनभित्र रहेका सिमसार, ताल तथा पोखरीहरुलाई विस्तार एंव व्यवस्थित गर्न लगानी गर्न थालेका छन् ।

जिल्लामा रहेका अधिकाँश सामुुदायिक वनले वनक्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार एवम् व्यवस्थित गर्न शुुरु गरेका छन् ।
मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेको शान्ति भुुल्के सामुुदायिक वनले अतिक्रमण गरी निर्माण गरिएका घरटहरा खालि गरी पोखरी, पार्क, वनभोज स्थल तथा चिडिया घर बनाउने कामलाई तीव्रता दिएको छ ।

यसैगरी, भारतीय सीमा क्षेत्रसँग जोडिएको रंगेली नगरपालिकामा रहेको सामुदायिक वनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गोल्डेनपार्क निर्माणसहितको योजनालाई अघि बढाइएको छ ।
सामुदायिक वनका सहसचिव बद्रीनारायण राजवंशीले रु पाँच करोडको लागतमा पार्क बनाउने योजना एक वर्षअघिदेखि शुरु गरेको जानकारी दिनुभयो ।
त्यस्तै, कानेपोखरी गाउँपालिकामा रहेको ग्रामीण सामुुदायिक वनले वन क्षेत्रभित्र रहेको ऐतिहासिक कानेपोखरी र भलुुवा सिमसार क्षेत्रमा पर्यटकको आकर्षण वृद्धि गर्न पूर्वाधार निर्माणको काम अगाडि बढाइएको उपभोक्ता समितिका अध्यक्ष नवीन राईले बताउनुुभयो ।
जिल्लामा रहेका विभिन्न सामुुदायिक वनले वन क्षेत्रमा रहेका खाली जग्गालाई पर्यटकीय स्थलमा परिनत गरी छिमेकी भारतीय तथा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनाउन शुरु गरेका छन् ।

सामुदायिक वनबाट काठ दाउरा जस्ता वन पैदावारसँगै पर्यटकलाई भित्र्याएर आम्दानीको स्रोत बढाउन मार्ग प्रशस्त गर्न बजेट उपलव्ध गराउँदै आएको जिल्ला वन कार्यालयकी सहायक वन अधिकृत सरोजकुुमारी कोइरालाले बताउनुुभयो ।
सामुुदायिक वन क्षेत्रभित्र पर्यटकीय स्थल निर्माण हुुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने सहज हुुनेछ भने दिगो वन व्यवस्थापनमा समेत यसबाट मद्दत पुुग्नेछ ।

सामुदायिक वन पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदा यहाँ आउने पर्यटकबाट स्थानीय उत्पादन तथा घरेलु सामग्रीसमेत खपत गरिदिने भएकाले रोजगारी समेत उपलब्ध हुनेछ । पर्यटकको आगमनले रोजगारी सँगसँगै उनीहरुको आर्थिक हैसियत पनि बढ्ने विश्वास सामदायिक वन क्षेत्रका बासिन्दाहरुको रहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री