रक्सी खाएर झगडा गरेपछि उड्न लागेको जहाजबाट फर्काइए राजेशपायल राई
समयपोष्ट
२०८१ असार १३ गते १३:००

गायक राजेशपायल राईलाई उड्नै लागेको जहाजबाट फर्काइएको छ ।
दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरी एयरलाइन्सका कर्मचारीसँग झगडा गरेपछि उनलाई फर्काइएको बताइएको छ ।
एक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका थिए । विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग झगडा गर्न थालेपछि राईलाई प्रहरीको जिम्मा लगाइएको बताइएको छ ।



























प्रतिक्रिया