यूनाइटेड अजोडले हकप्रद जारी गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल
समयपोष्ट
२०८१ असार १२ गते १०:५५
यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद जारी गर्नका लागि विक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो ।
विक्री प्रबन्धकका लागि सो क्यापिटलसँग मंगलबार सम्झौता गरेको कम्पनीले जनाएको छ ।
उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता कम्पनीको प्रधान कार्यलय सुन्धारामा भएको हो ।
कम्पनीले विशेष साधारण सभाबाट पारित निर्णय बमोजिम हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
प्रतिक्रिया