प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशत छूट

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छूट दिने भएको छ ।
कम्पनीबाट जारी भई व्यतित भएका बीमालेखहरू असार १२ देखि २७ गतेसम्म नवीकरण गरेमा विलम्ब शुल्क (समुन्नती जीवन बीमा योजना बाहेक) मा छूट दिने सूचनामा उल्लेख छ ।
कम्पनीले असार १२गतेदेखि आगामी असार २७ गतेसम्ममा नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने बिलम्ब शुल्कमा छूट दिने बताएको छ ।
कम्पनीले ५ वर्षभन्दा बढी अवधिदेखि व्यतित बीमालेखमा २० प्रतिशत छूट, ३ देखि ५ वर्ष अवधिसम्म व्यतित बीमालेखमा ५० प्रतिशत छूट र ३ वर्षभित्रको व्यतित बीमालेखमा १०० प्रतिशत छूट दिने बताएको छ ।
साथै यस प्रकारको छूट बीमालेख अवधिभर एकपटक मात्र पाइने र छूट सुविधाको उपयोग गरी नवीकरण गरिएको बीमालेख दुई वर्षभित्र सरेन्डर गरेमा छूट कट्टा गरिने पनि कम्पनीले बताएको छ ।
यसभन्दा पहिले बिलम्ब छूट सुविधा प्राप्त गरिसकेका बीमालेखलाई भने यस योजनामा समावेश नगरिने कम्पनीले बताएको छ ।




























प्रतिक्रिया