शुक्रबार, ७ असार २०८१

एलिना चौहान जस्तै देखिने बेन्जु

समयपोष्ट २०८१ जेठ २१ गते १९:३४

Advertisement

सुनसरी वराहक्षेत्र ८ की बेन्जु धामी अहिले निकै चर्चामा छिन । कारण हो उनको चहकिलो अनुहार र शारीरिक बनावट । चर्चित गायिका एलीना चौहान सँग अनुहार मिल्दो जुल्दाे देखिएपछि उनको चर्चा चुलिँदो छ । पछिल्लो समय मोडलिङ क्षेत्रमा व्यस्त रहेकी बेन्जु सुनसरी वराहक्षेत्र ८ चक्रघट्टीकी स्थायी बासिन्दा हुन । गाउँकै एक निजी विद्यालयबाट एसइई दिएर भविष्य खोज्न सहर छिरेकी बेन्जु अहिले मोरङको विराटनगर बसेर पढाइ सँगै मोडलिङ गर्दै आएकी छिन । थारु समुदायले निर्माण गरेको सर्ट मुभी तथा म्युजिक भिडियोहरूमा दमदार प्रस्तुति दिएपछि सानो पर्दामा उनको माग चुलिँदो छ ।

अझ रोचक कुरा त अनुहार र शरीर चर्चित गायिका एलिना चौहान सँग मिल्दो जुल्दाे भएपछि सुटिङको बेला धेरै जना झुक्किने र सेल्फी खिच्ने गरेको सुनाउँछिन् । उनी विगत एक वर्ष देखि विराटनगर बसेर ब्याचलर गर्दै मोडलिङमा जम्दै आएकी छिन । उनले अहिले सम्म एक दर्जन भन्दा बढी थारु म्युजिक भिडियोहरूमा मुख्य भूमिका निभाएकी छिन । उनले पछिल्लाे पल्ट अभिनय गरेकाे म्यूजिक भिडियाे “अब तिमी उसैको भयौ ”

https://www.youtube.com/watch?v=-OmZd9xkdvs&t=2s

 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री