
दाइजो नपुगेको भन्दै विवाह तोड्न धम्की दिने बेहुलालाई प्रहरीले विवाह मण्डपबाटै पक्राउ गरेको छ ।
काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसबाट सुनसरीको दुहवी नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले पक्राउ गरेको हो ।
नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह भइरहेका बेला बेहुला पक्षले ५० लाख रुपैयाँ मागेको प्रहरीले जनाएको छ। बेहुलीलाई गाली गलौच समेत गरेको प्रहरीले जनाएको छ।
उनी अमेरिकाको ग्रिनकार्ड होल्डर रहेको बताईएको छ ।









प्रतिक्रिया