सोमबार, २३ असार २०८२

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

समयपोष्ट २०८० असार ४ गते १५:१७

Advertisement

महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले विशालनगर, काठमाडौंमा अवस्थित एरोगेन हेल्थ केयर का विभिन्न सेवाहरुमा ५% देखि अधिकतम ४५% (हेयर ट्रान्सप्लाण्ट एण्ड हेयर फल ट्रिटमेण्ट), इटहरी, सुनसरीमा अवस्थित होटल पाथिभरा इन्ट्रनेशनलका सेवाहरुमा १०%, मैतिदेवी काठमाडौंमा अवस्थित बुइगल लञ्ज एण्ट बार का सेवाहरुमा १५%, लाजिम्पाट, काठमाडौंमा अवस्थित एलो हात्तीका सेवाहरुमा अधिकतम १०%, इटहरी ०६, सुनसरीमा अवस्थित बर्गर हाउस एण्ट क्रन्ची प्राइड चिकनका सेवाहरुमा अधिकतम १०% र मैतिदेवी, काठमाडौंमा अवस्थित बर्गर हाउस एण्ट क्रन्ची प्राइड चिकनका सेवाहरुमा १०% को छुट प्राप्त गर्न सक्नेछन् ।


यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री