
सरकारले मुख्यसचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरेको छ ।
आज बिहान सिंहदरबारमा बसेको बैठकले वैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरेको हो ।
बैठकले वैरागीको राजिनामा स्विकृत गर्दै उनलाई नयाँ जिम्मेवारी दिएको हो ।
यसैगरी सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् ।
केही समयअघि सञ्चार मन्त्रालयका सचिव रहेका अर्याल अहिले प्रधानमन्त्री कार्यालयमा नै छन्। उनलाई २०७९ चैतमा सञ्चारबाट प्रधानमन्त्री कार्यालय तानिएको थियो।
अर्याल हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ हुन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असारमा सकिदै थियो ।










प्रतिक्रिया