नेपाल एसबिआई बैंक र अरोगिन हेल्थकेयरबिच सम्झौता
समयपोष्ट
२०८० जेठ ३० गते २२:००
नेपाल एसबिआई बैंक लि. र अरोगिन हेल्थकेयर प्रा.लिबिच बैंकका ग्राहकहरुलाई मोवाइल बैंकिंग प्रयोग गरेबापत विभिन्न सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।
सो सम्बन्धि सम्झौतामा नेपाल एसबिआई बैंक लिमिटेडका प्रमुख प्रबन्धक विनोद कुमार ढुङ्गेल र रोगिन हेल्थ केयर प्रा.लिका तर्फबाट कम्पनीका प्रबन्धक जानुका बिष्टले हस्ताक्षर गरेका छन् ।
सम्झौतासंगै एनएसबीएल डेबिट कार्ड र मोबाइल बैंकिङको प्रयोग मार्फत ग्राहकहरूले कपाल प्रत्यारोपण, कपाल झर्ने उपचार, छालाको लागि सेवाहरू, डेन्टल केयर, डे केयर, 24/7 नर्सिङ केयर, फिजियोथेरापी र विभिन्न प्रयोगशाला सेवाहरूमा लाभ लिन सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया