काठमाडौँको ओमबहालमा भाइले दाजुलाई खुकुरी हाने

काठमाडौँको ओमबहालमा खुकुरी प्रहार गरी भाइले दाजुको हत्या गरेका छन् ।

Advertisement

काठमाडौँ महानगरपालिका वडा नम्बर २३ का २५ वर्षीय सुरज शाक्यले आफ्नै दाजु ४५ वर्षीय सूर्य शाक्यको गए राती हत्या गरेका हुन् ।

मदिरा सेवन गरी आएका दाजुले आमालाई गाली गलौच गरेपछि घटना घटेको प्रहरीले जनाएको छ । घटना सोमबार मध्यरातको भएतापनि प्रहरीले खबर भने मंगलबार बिहान पाएको थियो ।

हत्यापछि फरार भएका भाइ सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री