बुधबार, २ जेठ २०८१

शौचालय निर्माणमा भ्रष्टाचार गरेको अरोपमा प्रधानाध्यापकविरुद्ध मुद्दा

समयपोष्ट २०८० जेठ २८ गते २०:००

Advertisement

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कास्कीका एक प्रधानाध्यापक वरुद्धविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्लाको माछापुच्छ्रे गाउँपालिका-६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयमा शौचालय निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले प्रधानाध्यापक नारायणप्रसाद पौडेलवरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पौडेलले विद्यालयको शौचालय निर्माण गर्नको लागि निकासा भएको २ लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी ३ लाख १२ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री