शनिबार, २२ वैशाख २०८१

१४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको परीक्षण सुरु

समयपोष्ट २०८० जेठ २७ गते १५:१८


म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माण भएको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको परीक्षण सुरु भएको छ।

Advertisement

बुधबारदेखि पेनस्टक र सुरुङमार्गमा पानी पठाएर आयोजनाको परीक्षण सुरु गरिएको हो ।

चालु आर्थिक वर्षभित्रै परीक्षण सकेर व्यवसायिक उत्पादन थाल्ने लक्ष्य लिइएको छ।

उत्पादन भएको बिजुली पोखरेबगरदेखि दुई सय २० केभी क्षमताको दाना सब स्टेसनसम्म आठ किलोमिटर ३३ केभीएको डबल सर्किट प्रसारण लाइन मार्फत दाना सब-स्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

२०७४ सालबाट निर्माण थालिएको यो आयोजनाको सिभिलतर्फको काम साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले गरेको हो। आयोजनामा करिब ३५०० मिटर सुरुङमार्ग निर्माण गरिएको छ।

Advertisement

कूल लागत २ अर्ब ४२ करोड रुपियाँ अनुमान गरिएको आयोजनामा एनएमबी बैङ्कको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कमर्सियल बैङ्कले लगानी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री