
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाईका लागि पेसी तोकिएको छ ।
नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आइतबार प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।
वरिष्ठ अधिवक्ताद्वय डा सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबार रिट दर्ता गराएका थिए।
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता रिटमा अघिल्लो संसद्बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ।









प्रतिक्रिया