शुक्रबार, २१ वैशाख २०८१

आइएमई जनरल इन्स्योरेन्सका ग्राहकलाई काठमाडौँ प्याथ ल्याब छुट

समयपोष्ट २०७९ असार १६ गते १४:५६

Advertisement

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौँ प्याथ ल्याब एण्ड डाग्नोस्टिक सेन्टरबिच छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर का प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गर्नुभयो ।

सम्झौता आइएमई जनरलका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई काठमाडौँ प्याथ ल्याब महाराजगंजमा प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने छ ।

साथै सोही अवसरमा आइएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरलबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराउनु भयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री