शुक्रबार, १४ वैशाख २०८१

पोलियो थोपा खुवाउन गएका कर्मचारीमाथि गोली प्रहार

समयपोष्ट २०७९ असार १४ गते १८:३६

Advertisement

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पोलियो थोपा खुवाउन गएका एक स्वास्थ्य कर्मचारी र दुई जना सुरक्षाकर्मीको गोली हानी हत्या गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजाजिराले जानकारी गराए अनुसार बाइकमा सवार दुई जना आक्रमणकारीले मंगलवार दिउँसो गोली प्रहार गरेका हुन् ।

घटनामा ज्यान गुमाउने कर्मचारीहरू संयुक्त राष्ट्र संघद्वारा आयोजित पोलियो थोपा अभियानमा संलग्न थिए ।

अफगानिस्तानको सिमाना नजिक रहेको उक्त घटनास्थलमा पछिल्लो समय यस किसिमका घटनाहरू बढ्दै गएको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री