शुक्रबार, १६ चैत २०८०

महानगरको फोहोर आफ्नै क्षेत्रमा विसर्जन गर्ने मेयर बालेनको गोप्य योजना

पत्रपत्रिका २०७९ असार १४ गते ७:०४

Advertisement

कठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको फोहोर बन्चरेडाँडामा लैजान नदिने भन्दै बैठकमा काठमाडौं महानगरबासीमाथि खनिएको महसुस गर्दै उनले सो गोप्य योजना बनाएका हुन् ।

डेढ साताअघि हेटौंडामा आयोजित दुई दिने कार्यक्रममा सो विषय उठान गरेपछि मेयर साह र उपमेयर सुनिता डंगोल दोस्रो दिनको कार्यक्रममा नबसी फर्किएका थिए। आपलाई अपमान भएको महसुस गर्दै मेयर र उपमेयर दोस्रो दिनको कार्यक्रममा सहभागी भएनन्।

महानगरवासी र जनप्रतिनिधिमाथि अपमान भएको महसुस गरेका मेयर साहले महानगरको फोहोर महानगरमै व्यवस्थापन गर्न गोप्य योजना बनाएका छन् । केही दिनदेखि मेयर साह र उपमेयर डंगोल महानगरको फोहोरमैला व्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जन, सदस्य र कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलसहितको टिम बसेर योजना तयार गरिरहेका छन्।

‘मेयर साहले अर्को व्यवस्था नहुन्जेलसम्म बन्चरेमा लैजाने र कामपा आफैंले व्यवस्था गरेपछि महानगर वा छिमेकी स्थानीय तहको सहयोगमा फोहोरमैला व्यवस्था गर्ने तयारी गरिरहनुभएको छ’ –कामपा स्रोतले नेपाल समाचारपत्रसँग भन्यो । राजधानीको फोहोर व्यवस्थापन गर्ने विभिन्न उपाय अवलम्बन गर्न उहाँ भक्तपुर र मध्यपुर नगरपालिकाको योजना हेर्न पुग्नुभएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री