भारतको राष्ट्रपति पदका लागि सिन्हाले दर्ता गराए उम्मेदवारी
समयपोष्ट
२०७९ असार १३ गते १४:३९
भारतको राष्ट्रपति पदका लागि यशवन्त सिन्हाले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस सांसद राहुल गान्धी, एनसीपी प्रमुख शरद पवार, समाजवादी पार्टीका प्रमुख अखिलेश यादव र नेशनल कन्फरेन्सका अध्यक्ष फारुक अब्दुल्लाको उपस्थितीमा सिन्हाले उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । उनले गत साता मात्रै उम्मेदवारी दर्ता गराएकी थिइन् । उनको उम्मेदवारीमा प्रधानमन्त्री नरेन्द्र मोदीलगायत धेरै मन्त्री र नेताहरू उपस्थित थिए।
प्रतिक्रिया