शनिबार, ८ वैशाख २०८१

साढे पाँच अर्बको विद्युतीय गाडी आयात, एक अर्ब ३६ करोड भन्सार शुल्क असुल

समयपोष्ट २०७९ असार १२ गते ११:२३

Advertisement

चालु आर्थिक वर्षको ११ महिनामा सरकारले विद्युतीय गाडीहरु आयातबाट एक अर्ब ३६ करोड भन्सार शुल्क उठाएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ११ महिनाको अवधिमा ५ अर्ब ५१ करोड रुपैयाँ बराबरको १७ सय ४ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएका छन्।

विद्युतीय गाडीहरु आयातमा पछिल्लो महिनाभन्दा यो महिना बढेको छ। जसमा पछिल्लो महिना ७८ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएका थिए भने यो महिना त्यो संख्या बढेर १ सय ५३ वटा पुगेका छन्।

नेपालमा विद्युतीय गाडीहरु चीन र भारतबाट धेरै आयात भएका छन्। पछिल्लो ११ महिनामा चीनबाट ८ सय १० र भारतबाट ६ सय ८ वटा विद्युतीय गाडी आयात भएको छ।

यस्तै कोरियाबाट १ सय ८४ वटा गाडी आयात भएको तथ्यांक छ। अमेरिका, जापान र फ्रान्सबाट पनि इभी आयात भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री