शुक्रबार, ७ वैशाख २०८१

विवाहअघि यौन सम्पर्क राखे सात वर्ष जेल

समयपोष्ट २०७९ असार १० गते १५:३३

Advertisement

कतारमा विदेशी पाहुनाले आफ्नो देशको कडा कानुन पालना गर्नुपर्ने स्पष्ट पारेको छ ।

यस वर्ष आयोजना हुँन लागेको विश्वकप फुटवललाई मध्यनजर गर्दै कतारले आफ्नो देशको कानुनबारे जानकारी दिएको हो । जसअनुसार फुटबल हेर्न कतार पुगेका विदेशी नागरिकलाई समेत अन्य महिलासंग यौन सम्बन्ध राख्ने अनुमति छैन ।

कतार प्रहरीले श्रीमान-श्रीमती नभएका जोडीलाई यौनसम्पर्क गर्नेलाई ७ वर्षसम्मको जेल सजाय हुने बताएको छ ।

कतारमा इस्लामिक शरिया कानुन लागू छ, जसअनुसार विवाह अघि यौन सम्बन्ध स्थापित गर्नु ठूलो अपराध हो । साथै समलिङ्गीहरुका लागि पनि यहाँ सजायको प्रावधान छ । ‘डेली स्टार’ ले कतार प्रहरीलाई उद्धृत गर्दै यस्ता अपराधमा विदेशी नागरिकलाई ७ वर्षको जेल सजाय पनि हुन सक्ने उल्लेख गरेको छ । पति-पत्नी नभएको जोडीबीचको सहमतिकै यौनसम्पर्कलाई पनि अपराध मानिनेछ ।

कतारमा फुटबल खेलपछि पार्टी गर्न र मद्यपान गर्न पनि प्रतिबन्ध लगाइनेछ । साथै, यदि दुई पुरुष र महिलाको थर एउटै छैन भने उनीहरुलाई होटलमा बस्नका लागि कोठा दिइने छैन । सँगै कोठा पाउनका लागि उनीहरुले श्रीमान्–श्रीमती भएको प्रमाणित गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री