सोमबार, १३ असार २०७९

टेलिकमले इन्टरनेटको महसुल घटायो

समयपोष्ट २०७९ असार ९ गते १८:१२

Advertisement

नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको महसुल घटाएको छ ।

असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो ।

इन्टरनेटको २० एमबीपीएससम्म यसअघि २ हजार थियो । भने, अब २० एमबीपीएस १ हजार ६ सय मात्र कायम गरिएको छ । सो सेवामा ४ सय मूल्य घटेको हो ।

Advertisement

२१ देखि ५० एमबीपीएसको महसुल शुल्क पनि २ हजार ३ सय रहेकामा १ हजार ६ सयमा झारिएको छ । ५१ देखि १०० एमबीपीएससम्म महसुल २ हजार १ सय घटाएर १ हजार ९ सय नयाँ महसुल तोकिएको छ ।

इन्ट्रानेट लिज लाइनअन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल २ सय ७ सयबाट घटेर २ हजार ४ सय नयाँ शुल्क तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री