शुक्रबार, १४ वैशाख २०८१

भुजुङ हाइड्रोले ३३ केभी प्रसारणलाइन निर्माण गर्ने

समयपोष्ट २०७९ असार ९ गते १४:०४

Advertisement

भुजुङ हाइड्रोपावर प्रालीले ३३ केभी प्रसारणलाइन निर्माण गर्ने भएको छ।

कम्पनीले माथिल्लो मिदिम जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रणालीमा जोड्न ३३ केभी प्रसारणलाइन निर्माण गर्ने भएको हो । यो प्रसारणलाइन ३६.१३ किलोमिटर हुनेछ।

प्रसारणलाइन लमजुङको क्व्होलासोथार गाउँपालिका (साबिकको भुजुङ गाविस) ४ मा अवस्थित फिदिम जलविद्युत आयोजना (७.५ मेगावाट)को स्विचर्याडदेखि सोही जिल्लाको मध्य नेपाल नगरपालिका ६ मा अवस्थित नेपाल विद्युत प्राधिकरणको भोर्लेटार सवसस्टेशनसम्म निर्माण हुनेछ।

७.५ मेगावाट क्षमताको यो प्रसारणलाई सिंगल सर्किटको हुनेछ। आयोजना निर्माणका लागि १८.१५९ हेक्टर जमिन आवश्यक पर्छ। प्रसारणलाइनको क्षेत्राधिकार ६.६२ मिटर (मध्यविन्दुबाट ३.३१/३.३१ मिटर दायाँ/बायाँ) कायम गरिएको छ।
आयोजना आगामी मंसिर २९ गतेसम्म निर्माण पुरा गर्ने लक्ष्य छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री