शुक्रबार, १६ चैत २०८०

नेपाल एसबिआई बैंकको धनवृद्धि योजना सञ्चालनमा

समयपोष्ट २०७९ असार ८ गते १३:१९

Advertisement

नेपाल एसबिआई बैंकले धनवृद्धि योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा २ गुणा तथा १० वर्ष ३ महिनामा ३ गुणा भन्दा बढी प्रतिफल दिने मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।

उक्त खातामा ब्याज सावाँमा पुँजीकृत हुँदै परिपक्वता पश्चात एकमुष्ट रकम भुक्तानी हुनेछ । बैंकले ग्राहकहरुलाई खातामा रहेको सावाँ रकमको ९० प्रतिशतसम्म ऋण दिन सकिनेछ । यो योजना नेपाल एसबिआई बैंकको कुनै पनि शाखाबाट लिन सकिने जनाइएको छ ।

साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा २ गुणा तथा ११ वर्ष ३ महिनामा ३ गुणा हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री