
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता कार्यान्वयन गर्ने काम केपी ओली नेतृत्वको सरकारले गरेको दावी गरेका छन् ।
बिहीबार रितवहादुर खड्का स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा भएकाले सवैले बुझ्न जरुरी भएको बताए ।
प्रचण्डले भने,‘एसपीपी सम्झौता कार्यान्वयन गर्ने सहमति २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सवैले बुझ्न जरुरी छ’।
कार्यक्रममा प्रचण्डले अमेरिकासँग सैन्य सम्झौता हुँदैछ भन्ने प्रचार झुटो रहेको र त्यो कुनै पनि हालतमा नहुने दावी समेत गरे ।
प्रचण्डले भने–अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार हुँदैछ । हिजो जसले आत्मसमर्पण गरेर आज उनीहरु नै एसपीपी हुँदैछ रे भनेर भइनै सक्यो जसरी प्रचार गर्दैछन्,त्याचे बिल्कुल झुटो हो । गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भाएको छैन र हुँदैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।










प्रतिक्रिया