बिहीबार, ३ जेठ २०८१

ज्योति लाइफको ‘गो डिजिटल क्याम्पेन’ सुरु

समयपोष्ट २०७९ जेठ २२ गते १८:२६

Advertisement

ज्योति लाइफ इन्स्योरेन्सले ‘गो डिजिटल क्याम्पेन’ सुरु गरेको छ ।

सेवा प्रारम्भदेखि नै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले आफ्ना अभिकर्ता तथा बीमितहरुलाई प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्देश्यले ‘गो डिजिटल क्याम्पेन’को शुरुवात गरेको हो ।

यो क्याम्पेनको पहिलो कार्यक्रम बागमती प्रदेश अन्तर्गत काठमाडौ उपत्यकाभित्रका ५० भन्दा बढी एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको उपस्थितिमा केन्द्रिय कार्यालयको तालिम हलमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीका सूचना प्रविधि विभाग प्रमुखले ज्योति लाइफले उपयोगमा ल्याएका स्मार्ट एप, अनलाईन मार्फत बीमाशुल्क भुक्तानी, क्युआर कोडमार्फत बीमा शुल्क भुक्तानी, अनलाइनबाट नै जीवन बीमा गर्ने तरिका, बैदेशिक रोजगार बीमालेख लिने तरिकालगायतका बारेमा जानकारी गराएका थिए ।

Advertisement

कार्यक्रममा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री