बुधबार, २ जेठ २०८१

नमस्ते पेले सुरु गर्यो स्मार्ट क्युआर सुविधा

समयपोष्ट २०७९ जेठ १९ गते १८:१८

Advertisement

नमस्ते पेले नेपालभर स्मार्ट क्युआर सेवाको सुरुवात् गरेको छ ।

यससंगै नमस्ते पेका प्रयोगकर्ताहरुले स्क्यान एण्ड पे सुविधा प्रयोग गर्नसक्छन् । स्मार्ट च्वाइस टेक्नोलोजीद्धारा स्मार्ट क्युआर स्विकार गर्ने आउटलेटमा क्युआरमा आधारित भुक्तानीहरु गर्नसक्छन् ।

स्मार्ट पे क्युआरमा हाल नेपालभर १ लाख ६० हजार व्यापारीहरूको नेटवर्क छ । यसैका साथ, नमस्ते पे वालेट प्रयोग गरी स्मार्ट क्यूआर मार्फत गोल्ड स्टारका सोरुमहरुमा भुक्तानी गर्दा ३०% (रु ३०० सम्म) छुट प्राप्त गर्न सकिने स्मार्ट कयुआर नेटवर्क सञ्चालक, स्मार्ट च्वाइस टेक्नोलोजी र नमस्ते पे वालेट, नेपाल डिजिटल पेमेन्ट्सले जनाएको छ ।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी नेपालको सबैभन्दा ठूलो पब्लिक क्षेत्रको दुरसञ्चार कम्पनी हो । यो राष्ट्रिय वाणिज्य बैंकद्धारा संयुक्त रुपमा संचालित छ । ग्रामिण क्षेत्रको पहूँचदेखि लिएर वित्तिय देखि बैंकिंग सेवा प्रदान गर्ने दुवै प्रकारका विशेषता रहेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री