आइतबार, ३ असोज २०७८

नेप्से अध्यक्षमा दीर्घराज मैनाली

समयपोष्ट २०७८ असार १५ गते १८:०१

Advertisement

सरकारले नेपाल स्टक एक्सचेन्ज नेप्से अध्यक्षमा दीर्घराज मैनालीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले सोमबार मैनालीलाई नियुक्ति दिएको हो।

मैनाली हाल मन्त्रालयमा वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख छन्। उनी यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक थिए।

यसअघि नेप्से अध्यक्षमा लक्ष्मण न्यौपाने रहेका थिए। उनको कार्यकाल सकिएपछि मैनालीलाई जिम्मेवारी दिएको हो।

मन्त्रालयले नेप्सेमा तत्काल काम कारबाही नरोक्नका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री