शनिबार, ५ जेठ २०८१

मनसूनको समयमा स्वस्थ रहन के खाने ? – डाबर च्यवनप्राश

समयपोष्ट २०७८ असार १२ गते १०:२२

Advertisement

मौसम परिवर्तनका कारण बालबालिकाहरुमा रुघा,खोकी जस्ता विभिन्न सिजनल फ्लुहरु देखिने गर्छ । रोग प्रतिरक्षा प्रणाली कमजोर हुँने हुँदा बालबालिकाहरुलाई सिजनल फ्लुले छिट्टै नै आक्रमण गर्ने गर्छ । यसबाट बालबालिकाहरुलाई जोगाउन हरेक दिन एक चम्मा डाबरको च्यवनप्राश दिनु फाइदाजनक हुन्छ । डाबर च्यवनप्राश रोग प्रतिरोधात्मक क्षमता वृद्धी गर्न निकै नै हितकर छ ।

मह र च्यवनप्राश जस्ता खानाहरू प्राकृतिक प्रतिरक्षा बूस्टर हुन् जसले प्रतिरक्षा प्रणाली बलियो बनाई बालबालिकाहरुलाई रोगहरू विरुद्ध लड्न प्राकृतिक सुरक्षा प्रदान गर्दछ।

के के मिलाएर बनेको छ डाबर च्यवनप्राश

केसर

Advertisement

केसर आईरिस परिवारसँग सम्बन्धित छ । धेरै रोगहरुको उपचारमा यो प्रभावकारी हुन्छ । केसरको रेसादार भाग विभिन्न औषधिहरु बनाउन प्रयोग हुन्छ । केसरले स्वास्थ्य,ऊर्जावान र सक्रिय राख्न मद्दत गर्दछ।

इलायची

इलायची डाबर च्यवनप्राशको एक घटक हो । जसमा चमत्कारी स्वास्थ्य लाभहरू छन् जसले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउछ । इलायची एउटा बीज फल हो, यसमा एन्टी ऑक्सीडन्ट, पोटेशियम, क्याल्शियम, र म्याग्नीशियम जस्ता तत्वहरु पाइन्छ ।

मह

मह डाबर च्यवनप्राशको एक घटक हो । यसले शारिरिक, मानसिक रुपमा स्वस्थ राख्न मद्दत गर्छ । यो तौल नियन्त्रणमा प्रभावकारी मानिन्छ ।

बिल्वा

बिल्वा डाबर च्यवनप्राशको आयुर्वेदिक अवयव हो। यसको जरा, फल,पात, बोक्रा औषधिको रुपमा प्रयोग हुन्छ । यसले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउछ ।

अमला

अमला डाबर च्यवनप्राशको मुख्य तत्त्वहरू मध्ये एक हो । अमलामा एन्टी अक्सिडेण्ट पाईन्छ । जसले प्रतिरोध क्षमता बढाउन मद्दत गर्दछ। अमला परम्परागत आयुर्वेदिक औषधी जडिबुटी हो जुन रसयान, दिपान र रुच्यको रूपमा काम गर्दछ।

पिप्ली

पिप्ली परम्परागत जडिबुटी हो । जुन खोकी, चिसो, श्वासप्रश्वासको रोग र पेटको रोगहरूको उपचारमा प्रभावकारी मानिन्छ ।

घ्यु

घ्यु फ्याट घुलनशील भिटामिन ए, डी, ई र केले भरिपूर्ण हुन्छ । जसले हड्डी बलियो बनाउन मद्दत गर्छ भने हाम्रो तौल नियन्त्रणमा पनि लाभदायक मानिन्छ । शरिरमा भएका विशाक्त तत्व वाहिर फ्याक्न मद्त गर्छ भने आँखा तेज राख्दछ । खोकीमा यो उपयोगी मानिन्छ।

यसले कसरी काम गर्छ
मानव शरीरले ब्याक्टेरिया, भाइरस वा अन्य कोषहरूद्वारा लिइएको एन्टिजेन्सको प्रतिक्रियामा एन्टिबडी भनिने प्रोटीन बनाउँछ। जसले फ्लु र चिसोबाट हुने साधारण बिरामीबाट जोगाउछ । यसले जटिल प्रकृतीका नसर्ने रोगहरु जस्तै क्यान्सर,मुटु रोगबाट समेत बचाउछ ।

मानिसको शरीरमा रहेको रोगविरूद्ध लड्ने संयन्त्र नै प्रतिरक्षा प्रणाली हो । जसमा सेल्स र अर्गान दुवैले एकसाथ रोगविरूद्ध लड्ने काम गर्दछन् । यसले ब्याक्टेरिया र भाइरसबाट हुने संक्रमणबाट शरीरलाई जोगाउछ । प्रतिरक्षा प्रणालीमा खोज्ने र नष्ट गर्ने शक्ति हुन्छ । यसले शरीरलाई अनावश्यक तत्वहरु खोजी त्यसबाट मुक्ति दिन्छ ।

बढ्दै महत्व

च्ववनप्राशले शरिरमा रोगसंग लडने प्राकृतिक रोग प्रतिरोधात्मक क्षमता बढाउने कुरा २५ सय वर्ष अघि आयुर्वेद ग्रन्थमा उल्लेख भए पनि अहिले यसको महत्व झन बढेर गएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण बढेसँगै पछिल्लो समय च्ववनप्राशको महत्व बढेको हो । स्वास्थ्य र जनसंख्या मन्त्रालय अन्तर्गत बिभिन्न निकायद्धारा प्रकाशित कोभिड–१९ को लागि आयुर्वेद र वैकल्पिक औषधी दिशानिर्देशन रोकथाम उपाय र व्यवस्थापन प्रोटोकोलमा पनि च्ववनप्राश उल्लेख गरिएको छ।

प्रतिरोधक (रोगसँग लड्ने) क्षमतालाई बढाउँने भएकोले कोरोना भाइरसको संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकाहरुलाई डाबर च्ववनप्राश पनि बितरण गरिदैं आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री