शुक्रबार, ७ वैशाख २०८१

थप २४२१ जनामा कोरोना संक्रमण पुष्टि

समयपोष्ट २०७८ असार ९ गते १६:३७

Advertisement

पछिल्लो २४ घण्टामा थप २ हजार ४२१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४६१ पीसीआर र ४९५३ जनाको एन्टीजेन गरि जम्मा १२ हजार ४१४ परीक्षण भएको छ । जसमा पीसीआरमा १५११ र एन्टीजेनमा ९१० जनालाई पाेजेटिभ देखिएकाे छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकमा आजमात्र ४ सय ९७ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौमा ३ सय ४६, भक्तपुरमा ५७ र ललितपुरमा ९४ गरी ४ सय ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ३ हजार ५५८ निको भएका छन् भने ५२ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ६ लाख ५६ हजार ८९१ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ६८ हजार ४४० जना निको भएका छन् भने ८ हजार ८९४ जनाको मृत्यु भएको छ । अहिले देशभर ५० हजार ५२० जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री